अन्तरास्ट्रिय खाजा (ब्रेकफास्ट) दिवशको अबसरमा विभिन्न देशका महिलाहरुसंग नेपाली नारी समाज पोर्तुगलको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न

लिस्बन

आज अप्रिल २८को सुभ बिहानी संगै “रेनोभार आ मौरारिया”नामक पोर्तुगिस संस्थाद्वारा “अन्तरास्ट्रिय(ब्रेकफास्ट)खाजा दिवशको “अबसर पारी विश्व भरि बाट पोर्चुगल आइ विभिन्न पेशा र रोजगार गर्दै आएका नारीहरु संग खाजा सहित परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त सस्थामा पहिलो पटक नेपाली नारी समाज पनि सहभगी भएको र पोर्तुगलको नेपाली समुदायमा नारी समाजको भूमिकाको बारेमा जानकारी दिएको छ। नारीहरुलाई पर्ने समस्या र समाधानका उपायहरुको बारेमा सस्थासग छोटो छलफल पनि गरेको र उक्त सस्थाले सहयोग गर्ने आश्वासन दिएको नेपाली नारी समाज पोर्चुगल कि उपाध्यक्ष मिना खरेलले भ्वाइस अफ नेपाललाई जानकारी गरएकी छन्।

उक्त कर्यक्रममा युक्रेन,पाकिस्तान, इन्डियन,इटालियन,नेपाली,पोर्तुगिस र स्पेनिस महिला हरुको सहभागिता रहेको थियो।महिलाहरुले आफ्नो आफ्नो देशको खाजाहरु सहित रमाइलो परिचयात्मक भेटघाट र छलफल सम्पन्न गरेको थियो ।

अन्तरास्ट्रिय खाजा दिबसको अबसरमा सस्थाकी आयोजक आल्मुदेना फेर्रो कल्भिनोले छोटो मन्तब्य राख्दै भविष्यमा पनि नेपाली नारी समजसँग मिलेर विभिन्न कार्यक्रम राख्न सकिने बताएकि थिइन् साथै नेपाली नारी समाज पोर्तुगलको तर्फबाट कल्पना कार्कीले पोर्तुगलको नेपाली समुदायमा नेपाली नारी समाजको भूमिकाको बारेमा प्रस्ट पार्दै नेपाली खानाको बर्णन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार