भारतीय प्रधानमन्त्री मोदीले बुझाए सम्पत्ति विवरण

काठमाडौं ।

लोकसभा चुनावमा लडिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । मोदीले बुझाएको सम्पत्ति विवरणमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगदसहित दुई करोड पचास लाख कूल सम्पत्ति रहेको उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले बताएअनुसार उनले सन १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री) गरेका छन्। उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ।

सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीले आफुसँग ४५ ग्राम तौलका सुनका चार औठी रहेको उल्लेख गरेका छन् । जसको मूल्य १.१३ लाख बराबर पर्छ ।

भारतीय जनता पार्टीका लोकप्रिय नेता तथा प्रधानमन्त्री मोदीले यस अघि सन् २०१४ मा बुझाएको सम्पत्ति विवरणमा कुल सम्पत्ति १.६५ करोड उल्लेख थियो भने पुरानो आँकडालाई हेर्दा अहिले उनको सम्पत्ति करिब १ करोडले बढेको देखिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार