‘स्टुडेन्ट अफ द इयर–२’को ‘दिल्ली मुम्बईकी कुन्डियाँ’ मा टाइगर, तारा र अनन्याको ठुम्का

काठमाडौं ।

बलिउडमा न्युकमर कलाकारको गडफादर करण जोहरको पुनः एक पटक हाईप्रोफाइल ड्रामा फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ लिएर आएका छन् । यो फिल्मको ट्रेलरसँगै नयाँ गीत पनि रिलिज गरिएको छ । रिलिज गरिएको यस गीतको थिम र म्युजिकलाई डान्स नम्बरको क्याटगोरीमा राखिएको छ ।

गीतलाई विशाल–शेखरले कम्पोज गरेका हुन् । साथै गीतलाई पायल देव, विशाल ददलानी र गाया देव नेगीले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा अभिनेता टाइगर श्रफ, तारा सुतारिया र अनन्या पाण्डेले जमेर ठुम्का लगाएका छन् । यसै फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिउडमा डेब्यु गर्दैछन् ।

त्यसोत, यसै फिल्मको पहिलो सिरिज ‘स्टुडेन्ड अफ द इयर’मार्फत नै अभिनेत्री आलिया भाट, बरुण धवन र सिद्धार्थ मल्होत्राले पनि आ–आफ्नो फिल्मी करियर सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार