आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं–

बुधवार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

मंगलवार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी १० रुपैयाँले सस्तिएको छ । मंगलवार तोलामा ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज ७२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार