फिल्ममा अजय र काजोल फेरि सँगै

अजय देवगन र काजोल दम्पतीलाई दर्शकले लामो समयपछि फिल्ममा देख्न पाउने भएका छन् । उनीहरूले गृह ब्यानरमा निर्माण गरिरहेको ऐतिहासिक फिल्म ‘तानजी’मा यो जोडीलाई दर्शकले देख्न पाउने भएका छन् ।

प्यार तो होनाही थालगायतका हिट फिल्म दिएका काजल र अजयले सँगै फिल्म नखेलेको धेरै भयो । यो जोडीलाई सँगै देख्ने चाहना दर्शकको थियो त्यसैले आफूहरूले ताजानीमा यसपटक सँगै काम गरेको अभिनेत्री काजोलले

बताइन् । फिल्म तानाजी निर्माणको अन्तिम चरणमा छ । यो दम्पतीलाई निर्देशक अनिस बज्मीले पनि दुई दशकपछि फेरि सँगै ल्याउने भएका छन् । अनिसकै फिल्म प्यार तो होनाही थामा अजय र काजोलले सँगै काम गरेका थिए ।

आफ्नो पहिलो फिल्ममा यो जोडीलाई दर्शकले साह्रै मन पराएका कारण दुई दशकपछि फेरि पनि अजय र काजोललाई नै लिएर फिल्म बनाउन लागेको अनिसले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार