गायक तथा संगीतकार मदन दीपबिमको अमेरिकामा निधन

– काठमाण्डाै।

गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो ।

गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो ।

उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार