चिनियाँ नागरिकले गरे रोबोटसँग विवाह

काठमाडौँ ।

विश्वमा निर्जिव वस्तुसँग पनि मानिस विवाह गर्ने गर्दछन् भन्दा अचम्म लाग्न सक्छ । तर, चीनका इन्जिनियरले एउटा रोबोटसँग विवाह गरेर यस्तै आश्चर्य लाग्ने काम गरेका छन् ।

केटी खोज्दा खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनियरले अन्ततः आफैंले बनाएको रोबोटसँग विवाह गरेका छन् । ३१ वर्षीय इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर रोबोट बनाएका थिए । ‘यीङयीङ’ नाम राखिएको यो रोबोटले चिनियाँ अक्षर चिन्न, फोटो पहिचान गर्नका साथै केही अक्षर उच्चारण पनि गर्छ ।

झेङले यो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् । रातो स्कार्फ लगाएर दुलही झैं सजाई झेङले यीङयीङसँग पराम्परागत तरिकामा विवाह गरेका थिए । हुआवे कम्पनीका पूर्व कर्मचारी झेङ अहिले हाङझोउस्थित ड्रिम टाउनमा काम गर्छन् ।

उनको यो बिवाह अनौठो लागे पनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिवाहको प्रचलन फैलिदै जाने दावी गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार