पशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’ र देशको अवस्था ठ्याक्कै उस्तै छ : देउवा

Loading...

– वाशुदेव मिश्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी जग्गा समेत खरिद बिक्री भएको सुन्दा आफूलाई अचम्म लागेको बताएका छन्।

‘तत्कालिन राजा महेन्द्रले अधिग्रहण गरेको बालुवाटारको जग्गा समेत नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो नाउँमा दर्ता गरेर खाने काम गरे’ देउवाले भने, ‘सरकारी जग्गा समेत खरिद विक्री भएको सुन्दा अचम्म लागेको छ, त्यस जग्गा प्रकरणमा मुद्दा अब कांग्रेसले अगाडि बढाउँछ।’

देउवा शुक्रबार कास्कीको माछापुच्छ्रे गाँउपालिका–२, सार्दीखोलामा निर्मित विपी स्मृति भवनको उद्घाटन गर्दै थिए।

देउवाले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको सीमा नाघेको आरोप लगाउँदे देश गायक पशुपति शर्माले भनेजस्तै ‘लुट्न सके लुट कान्छा’सँग ठ्याक्कै मेल खाएको बताए। दुई तिहाईको सरकार सम्मृद्धि दिनभन्दा पनि भ्रष्टाचार र जनतामा आतङ्क मच्चाउन आएको जस्तो देखियो’, देउवाले भने ‘केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताले तिरेको कर लुटिरहेका छन्।’

उनले ओली नेतृत्वको एकवर्षे शासनकालमा कर वृद्धि, मंहगी, भ्रष्टाचार, अशान्ति, अन्यायमात्र जनताले प्राप्त गरेको बताउँदै अगाडि भने, ‘वर्तमान सरकार तानाशाह बन्न खोजेको छ, लोकतन्त्रको रक्षा अब कांग्रेसले गर्नु पर्ने अवस्था आएको छ।’ उनले थपे, ‘सरकारले न्यायालय, अख्तियार, विश्वविद्यालय, चिकित्सा शात्र, संवैधानिक आयोग सबैलाई आफ्नो मुठ्ठीमा लिएर लोकतन्त्रको खिल्ली उडाइरहेको छ।’

सरकार एक वर्षमा कुनै राम्रो काम गर्न नसकेको देउवाले आरोप लगाए। ‘देशको राजनीतिक अवस्था यतिबेला अत्यन्तै अप्ठेरो अवस्थामा छ’, देउवाले भने,‘ केपी नेतृत्वको एकवर्षे कार्यकालमा कुनै राम्रा काम हुँदै भएनन्।’

देउवाले केपी नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै राम्रो काम नगरेको र काण्डै–काण्ड मच्चाएको बताउँदै उनले आम नागरिक वर्तमान सरकारप्रति रुष्ट भएको जिकिर पनि गरे। आम नागरिकको मुद्दालाई सम्वोधन गर्दै अब नेपाली काँग्रेसले देशैभरी जनजागरको अभियान चलाउने उनको उद्घोष थियो। निर्मला पन्तको बलात्कारी बचाउन सरकार नै लागेको उनले दोहोर्याए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले केपी शर्मा ओली नेपालको भ्रष्टाचारी प्रधानमन्त्रीको रुपमा चिनिएको बताए।

उनले जताततै कमिसनै कमिसन खाएर देश र जनतालाई खोक्रो पारेको आरोप लगाए। ‘वाइडवढी खरिद, बूढीगण्डकी जलविद्युत आयोजना, एनसेलमा अरबौँ कमिशन खाँदा समेत वालुवाटारको सरकारी जग्गामा समेत उनीहरुको आँखा लाग्यो’, गुरुङले भने ‘आम नागरिकले विकल्पको सरकार खोजिरहेका छन्।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार