जिउँदो माछा सहित अस्ट्रेलियाको एयरपोर्टमा समातिए एक युबा

-एजेन्सी ।

मलेसिया बाट अस्ट्रेलिया को एडिलेड को लागि हिडेका ३४ बर्सिय भियतनामी युवा अस्ट्रेलिया को एडिलेड बिमानस्थल मा पक्राउ परेका हुन।असहज देखिएका भियतनामी युवा को साथ् बाट एयरपोर्ट मा उनको साथबाट जिउदो माछा माछा बरामद गरिएको हो ।

उनले माछालाइ एक डब्बामा बन्द गरेर लकेट जस्तै बनाएर आफ्नो घाटीमा झुन्डाएका थिए । उनले माछालाई तस्करी गर्न को लागि एस्तो गरेका थिए।यसरी ज्युँदो जनावरलाई तस्करी गर्नु अष्ट्रेलियामा अपराध मानिन्छ ।

यहाँ रहेका रैथाने माछाहरुलाई बाहिरबाट आएका माछाले विभिन्न रोग सार्ने सम्भावना हुने भएकोले विभिन्न प्रजातिका जनावरहरु अष्ट्रेलिया ल्याउन कडाई गरिएको छ । पक्राउ गरिएका व्यक्तिलाई १५ मे तारिखमा अदालतमा पेश गर्ने तयारी छ ।

अष्ट्रेलियन बोर्डर फोर्स साउथ अष्ट्रेलियाका क्षेत्रीइ कमाण्ड चिफ सुपरिटेन्डेन्ट ब्रेट लिचले गैरकानूनी ओसार पसारलाई रोक्न आफुहरुले कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार