प्रेम बिबाहको ६ महिना नपुग्दै १९ बर्षीय स्वस्तिकाको रहस्यमय मृत्यु

काठमाडौ ।

पछिल्ला दिनहरुमा नेपालमा हत्या हिंसा र बलात्कार जस्ता घटनाहरु लगतार बढ्दै गएका छन् । योबीचमा नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको पनि रहस्यमय तरिकाले हत्या गरिएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको छ । स्वस्तिका श्रीमानसँग नेपालगंज उपाहमनगरपालिका– १० भृकुटि चोकमा बस्दै आएकी थिईन् । आइतबार दिउँसो स्वस्तिकाको शव उनकै कोठामा झुण्डिएको अवस्थामा फेला जनाइएको छ । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतक स्वस्तिमाको शरिरमा निल, चोट लाग्नुकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने स्थानीयको दावा रहेको छ । स्वस्तिकाको माइती पक्षले पनि आशिशले नै हत्या गरेको आरोप लगाउँदै आएको छ । भिम लिम्बूका अनुसार मृतक स्वस्तिकाले आइतबार मध्यान्ह १२ बजे तिर नयाँ बर्ष मनाउन माईत घर आउने भनेर फोन गरेकी थिईन् ।

तर श्रीमान आशिशले माइत जान नदिएको माइती पक्षलाई खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले श्रीमानले नै हत्या गरेको आरोप माइती पक्षको छ । घटना बैशाख १ गतेको भएपनि २ दिनसम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको आशंका माइतीले गरेका छन् ।

अर्को तिर आशिशले भने स्वस्तिकाले आत्माहत्या गरेको बताउँदै आएका छन् । श्रीमान आशिश विगतमा लागुऔषधमा संलग्न रहेको र स्वस्तिकालाई प्रायजसो कुपपिट गरिरहने गरेको स्थानीय बताउँछन् । मृतक स्वस्तिकाका माईतीपक्षधरले श्रीमान् आशिशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनु भएको छ । आशिशलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको र स्वस्तिकाको हत्या भएको हो या आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आशिश नेकपा सांसद् नन्दलाल रोकायाका नाति भएको जनाइएको छ । सोमबार दिउँसो सांसद रोकाया जिल्ला प्रहरी कार्यालयमा पुगेर थुनामा रहेका आशिशलाई भेटेर आएको जनाइएको छ । सांसद् रोकाया जिल्ला प्रहरी कार्यालयबाट बाहिरिने क्रममा पीडित पक्षले मोबाइलबाट फोटो खिचेपछि विवादसमेत भएको थियो । सांसद रोकायाले फोटो खिचिएको मोबाइलसमेत थुतेर फ्याँक्दै प्रहरी कार्यलयमा गएर धम्कीसमेत दिएको पीडित पक्षले आरोप लगाएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार