नेपाली नारी समाज पोर्तुगलले नि: शुल्क हाउसकिपिङ्ग तालिम दिने !

Loading...

-सम्झना अधिकारी

लिस्बन ।
नेपाली नारी समाज पोर्तुगलले नि: शुल्क हाउसकिपिङ्ग तालिम दिने निर्णय गरेको छ ।हिजो १६ अप्रिलका दिन बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। २०१४ देखि पोर्तुगलमा स्थपना भएको उक्त संस्थाले पुराना दिनहरुमा पनि महिलाहरुका लागि अत्यन्तै उपयोगी सिपमुलक कार्यक्रम दिदै आइरहेको थियो ।

नेपाल देखी उज्ज्वल भबिस्यको खोजीमा पोर्चुगल आइपुगेका दिदिबहिनीहरुको बसाइ सहज बनाउने उद्देश्यले उक्त तालिम दिन लागेको कुरा संस्थाकी अध्यक्ष कला राईले भोइस अफ नेपाललाई जानकारी गराएकी छन्।

संस्थाले पोर्चुगलमा सबैभन्दा बढी कामको अवसर मिल्ने ठाउँको खोजी र त्यसै सम्बन्धी तालिम दिने निर्णय गरि होटलमा काम गर्न को लागी निशुल्क Housekeeping तालिम यहि ०१ मे २०१९ देखी दिने निर्णय गरेको छ ।

अनुभवी प्रशिक्षक द्वारा पोर्चुगलको लिसवनमा रहेका होटलमा लगेर प्रशिक्षण दिइने ब्यबस्था समेत मिलाइसकेको कुरा संस्थाले जानकारी गराएको छ। सिट सिमित भएको हुदा पोर्चुगलमा बसोबास गर्नुहुने सम्पुर्ण दिदिबहिनीहरुलाई समयमा नै सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्न अनुरोध गरेको छ।

सम्पर्कको लागी : नारी समाजको कार्य समितिका यी व्यक्तिहरुलाई फोन गरि सिट रिजर्भ गर्नुहोस्।

कला राई: ९२०२९७५९४ ( भाइवर)
मिनामाया खरेल: ९२०३११४८०
माया घले: ९२०३४२०६२
सीता श्रेष्ठ : ९२००५९२७२
लक्ष्मी परियार : ९२००६६०१८
जानकी लामा: ९२०५१८६४५

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार