विद्युत प्राधिकरणले आशा गरेको भन्दा दोब्बर नाफा कमायो, अनियमितताको आरोप लागेका कुलमानलाई राहत

Loading...

काठमाडौं ।

यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७४\७५ मा मात्रै २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत भदौमा आर्थिक वर्ष २०७४\७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने अनुमान प्राधिकरणको थियो । तर अनुमान गरिएभन्दा बढि २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा देखिएको हो ।

यता, कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनियमितताको आरोप लागेको थियो । महालेखाको प्रतिवेदनले अनियमितता नभएको देखाएको छ । यसले घिसिङलाई राहत मिलेको छ । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ छ । अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ मा झारेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार