पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्धारा धनगढी दौडिन्छ उद्घाटन

Loading...

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जेसिजले युवाहरुको नेतृत्व तथा क्षमता विकासमा खेलेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

आज बिहान धनगढी जेसिजद्धारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथानको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले जेसिजको कार्यको प्रशंसा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जेसिजका हाफ म्याराथन संयोजक लोकराज भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।
हाफ म्याराथनमा दुई सयभन्दा बढि व्यक्ति दौडिएका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार