हाफ म्याराथानको बिजेता बने जुम्लाका दुर्गा बुढा

Loading...

धनगढी जेसिजद्धारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथानको यस वर्षको उपाधी साविक बिजेता जुम्लाका दुर्गा बुढाले जितेका छन् ।

नेपाली सेनामा कार्यरत बुढाले २१ दशमलव १ किमीको दूरी एक घण्टा सात मिनेटमा पार गर्दै उपाधी जितेका हुन् । उनले उपाधीसंगै ५५ हजार ५ सय रुपैया हात पारेका छन् ।

म्याराथनमा दोस्रो भएका नेपाली सेनाका होमलाल श्रेष्ठले एक घण्टा नौ मिनेट र तेस्रो खगेन्द्र भाटले एक घण्टा १० मिनेटमा दुरी पार गरे ।

धनगढी जेसिजले सञ्चालन गरेको धनगढी दौडिन्छको यो छैठौ संस्करण हो ।
हरेक वर्ष नयाँ वर्षको दिन आयोजना गरिने धनगढी दौडिन्छ हाफ म्याराथन यस वर्ष नवजीवन सहकारी संस्थाले प्रायोजन गरेको थियो ।

हाफ म्याराथनको आज बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार