म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

Loading...

एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पउल पोग्बाले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामलाई पराजित गर्न सकेको हो ।

१९ औँ मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । वेष्ट ह्यामका लागि ४९ औँ मिनेटमा फिलिपे एन्डर्सनले बराबरी गोल फर्काए ।

तर ८० औँ मिनेटमा फेरि म्यानचेस्टर युनाइटेडले पेनाल्टी पायो ।

पोग्बाले गोल गर्दै टिमलाई २–१ को जित दिलाए । जितपछि ३३ खेलबाट ६४ अंक जोडेको युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ । उ चौथो स्थानको चेल्सीभन्दा दुई अंकले पछि छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार