दिनभरीको प्रयासपछि साँझ करीव ५ बजेतिर भासु भीरबाट सडेको अवस्थामा रहेको लाश निकालियो !

Loading...

कैलालीको चुरे गाँउपालिकाको भासु भीरमा एक जनाको शव फेला परेको छ ।

प्रहरीले झण्डै आधा दिनको प्रयासमा शुक्रवार भासुको भीरबाट शव निकालेको छ । सडकबाट करीव ५ सय मिटर तल रहेको शव डोरीको सहायताले निकालिएको प्रहरीले जनाएको छ ।

मासु कुहिसकेको अवस्थामा फेला परेको शवको सनाखत हुन सकेको छैन । घट्नास्थलबाट मोवाईल फेला परेको छ । मोवाईल अफ छ । चार्ज गरेर मोवाईल खोल्ने प्रयासमा रहेको प्रहरीले सोही आधारमा सनाखतको प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले भने, शव पुरानो देखिन्छ, कति पुरानो हो, चिकित्सकले हेरेपछि मात्र भन्न सकिन्छ ।

बिहीवार साँझ स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि हिजो बिहान फल्टुडेस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख निरिक्षक माधव विश्वकर्मा र सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

दिनभरीको प्रयासपछि साँझ करीव ५ बजेतिर लाश भासु भीरबाट बाहिर निकालेको प्रहरीले जनाएको छ ।
लाश पोष्टमार्टम र पहिचानका लागि सेती अञ्चल अस्पतालको शब गृहमा राखिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार