बजार मुल्यभन्दा १३ गुणा बढी मूल्यमा औषधि खरिद

Loading...

काठमाडौं ।

सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ।

चालु आर्थिक वर्ष २०७५–०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो। अस्पतालको स्टोर शाखाले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको छ।

मृगौलाको डायलिसिसमा हाइड्रोजन परअक्साइड केमिकल्स प्रयोग गरिन्छ। नारायणी अस्पतालमा ५ वटा डायलिसिस मेसिन सञ्चालनमा छन्।

अस्पताल प्रशासनले भने औषधि आपूर्तिको ठेक्का सकार गर्ने ठेकेदारले आपूर्ति नगरेकाले बाहिरबाट खरिद गर्नुपरेको जनाएको छ । ठेक्का पार्न सप्लायर्सले महँगो औषधि सस्तोमा सकार गरेको अस्पतालको दाबी छ। ठेक्का परेपछि अन्य औषधि आपूर्ति गरिरहे पनि हाइड्रोजन परअक्साइड भने आपूर्ति गरेको छैन। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार