आदिवासी जनजाति महासंघ पोर्तुगलले नेपाली नयाँ बर्ष बनभोज गरी मनाउदै

Loading...

लिस्बन ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले नेपाली नयाँ बर्ष को पहिलो दिन अप्रिल १४ तारिख बेलाभिस्ता पार्कमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

बनभोज कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु पनि हुने बुझिएको छ। महासंघले कार्यक्रममा उपस्थित हुने सबैलाई आव्हान गर्दै सहभागीहरुलाई आन्जोस देखि कार्यक्रमस्थलसम्म निशुल्क यातायातको व्यवस्था गरेको जनाएको छ । कार्यक्रमबाट बचेको रकम केही हप्ता पहिले तराईमा हावाहुरीबाट पीडित नेपालीहरुलाई सहयोग गर्ने आयोजकले बताएका छन् ।

नेपाली मेला २०१९ मा पोर्तुगलका आदिवासी जनजातिहरु सहभागी हुने प्रयास विफल भएपछि महासंघले छुट्टै नयाँ बर्ष मनाउन लागेको हो।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार