नेपाली मेला लिस्बन २०१९ मा सहभागी हुन HPRR रमेश गुरुङको आव्हान तथा अनुरोध !

Loading...

लिस्बन, पोर्तुगल।

नेपाली मेला लिस्बन २०१९ मा सहभागी हुन पोर्तुगलका लागि नेपाल पर्यटन बोर्डका HPRR ( Honorary Public Relation Representative ) रमेश कुमार गुरुङले आव्हान र अनुरोध गरेका छन्। गुरुङ बिगत २ बर्षदेखी पोर्तुगलमा नेपालको पर्यटन प्रबर्धन गर्दै आईरहेका छन्।

गुरुङले नेपाली नयाँ बर्ष २०७६ को सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै बिश्वको सर्बोच्च शिखर सगरमाथाको भुमि, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको भुमि नेपाल र नेपालीपन झल्कने नेपाली मेलामा सहभागी भएर आफ्नो राष्ट्रको संस्कृति र सभ्यता हेर्न र देखाउन सबैको सहभागिताको लागि अनुरोध गरेका छन्।

गुरुङ गैर आवासिय नेपाली संघका भूपू अध्यक्ष, भूपू आइसीसी सदस्य , नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार तथा तमु समाज पोर्तुगलका संस्थापक अध्यक्ष पनि हुन्।

गुरुङले नेपाल सरकारको पर्यटन बर्ष “भिजिट नेपाल २०२० ” लाई लक्षित गर्दै नेपाल घुम्न जाने जोसुकैलाई पनि परामर्श र सहयोग गर्न सदैव तत्पर गरेको बताउदै नेपाल घुम्न जान चाहने पर्यटकहरुलाई सहयोगको लागि सम्पर्क गर्न समेत आव्हान गरेका छन्।

नेपाली मेला र नेपालमा पर्यटनलाई टेवा पुर्याउन ” भिजिट नेपाल २०२० ” लाई लक्षित गर्दै HPRR गुरुङले छुट्टै स्टल राखेर सहयोग र पर्यटन प्रबर्धन गर्ने बुझिएको छ ।

पोर्तुगलका लागि नेपाल पर्यटन बोर्डका HPRR ( Honorary Public Relation Representative ) रमेश कुमार गुरुङको अनुरोध र आव्हान यस्तो छ !

Ladies and Gentlemen,

I wish you all a happy and prosperous Nepalese New Year 2076 Bikram Sambat . We are celebrating special year in tourism Visit Nepal 2020 with very special packages and attractions. We would like to invite you all to visit the Land of Mt Everest , Lord Buddha – the messenger of peace and ultimately Nepal, the 8th wonder on the earth.

Please don’t hesitate to contact me anytime for any information regarding Visit Nepal 2020.

This year again we are celebrating Nepal Festival on Nepalese New Year for the second time. I would like to invite and welcome you all to participate and be a part of this mega event to explore Nepal , its tradition and culture.

Thank you !

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार