नेपाली मेलाको प्रचारप्रसारमा लिस्बन नगरपालिका समेत जुट्यो !

Loading...

लिस्बन, पोर्तुगल।

नेपाली मेला लिस्बन २०१९ को प्रचारप्रसारमा लिस्बन नगरपालिका समेत जुटेको छ। मेलाको आयोजक गैर आवासिय नेपाली संघ पोर्तुगलसँग सहकार्य गर्दै लिस्बन नगरपालिकाले प्रचारप्रसार शुरु गरेको हो।

लिस्बन नगरपालिकाले आफ्नो आधिकारीक वेव साइटमा सूचना जारी गर्दै लेखेको छ ” नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा सम्पन्न हुने दोश्रो नेपाली मेलामा लिस्बन नगरपालिकाका कयौ महत्वपूर्ण व्यक्तित्वहरुको सहभागीता रहनेछ र नगपालिका नेपाली मेला सम्पन्न गर्न सहयोग गर्नेछ। ”

आयोजकहरुका अनुसार लिस्बन नगरपालिकाले स्टेज, साउण्ड सिस्टम लागायत सुरक्षा र स्थान व्यस्थापनमा सहयोग गरिरहेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार