फिलिपकी प्रेमिका रजनी भन्छिन मैले फिलिपको एक सुको खाएको छैन !

Loading...

काठमान्डौ

बेलायति नागरिक फिलिपकी प्रेमिका रजनी गोयलले फिलिपको एक रुपैया नखाएको बताएकी छिन । सामाजिक संजालमा नकारात्मक कमेन्टहरु आए पछी उनले फिलिपको पैसा खाएको छैन भन्दै स्पस्टिकरण दिएकी हुन्। ट्रा भल एजेन्सीमा काम गर्ने बहिनीको सम्पर्कबाट फिलिप संग रजनीको भेट भएको थियो । उपचार कै क्रममा फिलिप को निधन भए पछी अहिले रजनीको चर्को आलोचना भैरहेको छ । बिर अस्पताल मा बेबारिसे अबस्था मै रहेको बेला क्रिस्टिना श्रेष्ठ लगाताको टिम ले उदार गरेर उपचार गरेको थियो ।

नर्भिक अस्पतालमा उपचारको क्रममा फिलिपको शनिवार निधन भएको थियो ।२६ मार्चमा नर्भिक पुगेका फिलिप धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको थियो ।फिलिपमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयु बाट वार्डमा सारिएको थियो । तर शनिवार विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सकले बताएका थिए । रजनीले फिलिप बिरामी परेपछि आफैले नै टेकु अस्पताल मा लेगेकी थिइन् ।

रजनी भन्छिन उसको यहाँ कोहीपनि नभएकाले उसले आफ्नो देशमा भएको बैंक खाताको रमक मेरो बैंक खातामा ट्रान्सफर गरिदिन्थ्यो,’ उनले भनिन्, ‘मैले उसको पैसा निकालेर दिन्थें र उसले नेपालमा बस्दा खर्च गर्थ्यो ।’उपचारका क्रममा काठमाडौंमा निधन भएका बेवारिसे अवस्थाका बेलायती नागरिक फिलिप माल्कोमको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।फिलिपको हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा मंगलबार(हिजा) साँझ अन्त्येष्टि गरिएको हो ।उनको उपचार लगायतमा सक्रिय रहेका विनय जंग बस्नेत को टोलीले माल्कोमको अन्तेष्टि हिन्दू संस्कृति अनुसार गरेका हुन् । माल्कोमको अन्त्येष्टिमा उनकी प्रेमिका रजनीको उपस्थिति रहेको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार