चितवन समाज अष्ट्रेलियाले रक्तदान गर्दै

सिड्नी ।

सन् २०११ देखि सिड्नीमा सक्रिय रहेको चितवन समाज अष्ट्रेलियाले सामाजिक कार्यक्रम अन्तर्गत आज देखी एक महिना सम्म रक्तदान गर्ने भएको छ । कार्यक्रम हरेक साताको शनिबार ४ चरणमा गर्न लागिएको हो ।

समाजले आज पहिलो चरणको रक्तदान आज गर्दैछ । समाजले आफ्नो बार्षिक रक्तदान कार्यक्रम अनुसार रक्तदान कार्यक्रममा अघि बढाएको हो । रक्तदान टाउनहलको डोनर सेन्टरमा हुनेछ ।

Loading…

सबैको समयलाई मध्यनजर गर्दै समाजले ४ शनिबारलाई चरणका रुपमा अघि ल्याउदा ईच्छुकले समय मिलाउन सहज हुने भएको छ । आज समय नमिल्नेले अप्रिल १३,२० र २७ मा समेत रक्तदान गर्न पाउनेछन् । जस्का लागि अनलान दर्ता गर्नु पर्ने हुन्छ । समाजले समय सापेक्ष सामाजिक कार्यमा दरिलो सहभागीता जनाउदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार