नेपाली धावक आइत तामाङ्ले जिते पोर्तुगलको छैठौ कोर्क ट्रेल म्याराथुन, भन्छन् ” नेपाली राष्ट्रिय झण्डा बोक्न नपाउदा दुखि छु “

– सम्झना अधिकारी।

लिस्बन, पोर्तुगल।

पोर्तुगलको कोर्क ट्रेल म्याराथुन नेपाली धावक आइत तामाङ्ले जितेका छन्।

भिक्टोरिया फुटबल क्लबबाट खेल्दै आईरहेका तामाङ्ले २१ किलोमिटर लामो कोर्क ट्रेल म्याराथुन १ घण्टा ४० मिनेट ४५ सेकेण्डमा पुरा गरे भने उनका प्रतिद्वन्दी आन्तोनिया अल्मेदाले १ घण्टा ४० मिनेट ४९ सेकेण्डमा पुरा गरे। निक्कै प्रतिस्पर्धाका बिच जम्मा ४ सेकेण्डको अन्तरले तामाङले बिजयी हासिल गर्न सफल भएका थिए। सो म्याराथुनमा मिगेल आर्सिनियो १ घण्टा ४२ मिनेट ३३ सेकेण्ड समय लिएर तेस्रो भए।

कोर्क ट्रेल म्याराथुनमा बिजयी भएपछि भोइस अफ नेपालसँग कुराकानी गर्दै धावक तामाङ्ले भने , ” स्थानिय पोर्तुगिज क्लबले नै आफ्नो सम्पूर्ण खर्च व्यहोर्ने भएकोले क्लबमा आवद्ध भएपछि हरेक पटक दौडमा बिजयी हुदा क्लबको नै झण्डा फर्हराउन बाध्य छु। प्रवासका नेपाली संघसंस्थाहरु वा नेपाल सरकारले सो खर्च व्यहोर्न सके सधै नेपाली झण्डा फ़र्हराउन पाउथे। हरेक पटक दौडमा बिजयी भएर पनि नेपाली झण्डा बोक्न नपाउदा मन खुशी हुन सकेको छैन। ”

पोर्तुगललाई आफ्नो कार्यथलो बनाउदै आएका धावक आइत तामाङ्को सफलताको कथा र बिजयी हुदाको पिडा स्थानीय संघसंस्था र नेपाल सरकारका निकायसम्म पुगोस्। आगामी दौड प्रतियोगिताहरुमा नेपाली झण्डा बोकेर बिजयी भएको देख्न पाईयोस्। शुभकामना।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार