सिड्नीमा एक महिना अघि फिगर एट पुलमा हराएका नेपाली बिध्यार्थीको शब फेला

Loading...

अस्ट्रेलिया।

गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ ।एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन्न भेटिएको हो ।

मृतकका बुबा भक्ती सापकोटाले शब नेपाल ल्याउन सहयोग गर्न अष्ट्रेलियाका संघ-सस्थालाई अपिल समेत गरेका छन् ।एनएसडब्लु प्रहरीको रेस्क्यु टोलीले करिब एक साता निरन्तर रुपमा उनको खोजी गरेको थियो । यद्दपी रेस्क्यु टिमले लामो समय सम्म खोज्दा पनि नभेटिए पछि खोजी कार्य स्थगित गरेको थियो ।

मंगलबार सामुन्द्रिक छालले नै शब फिगर एट पुल बाट करिब ८०० मिटरको दुरीमा पानीमाथि तैरिएको अबस्थामा पार्कमा हिड्दै गरेका स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

एनएसडब्लु प्रहरीले शबको सनाखत अहिले सम्म गरेको छैन । यद्दपी मृतकको बुबा भक्ती सापकोटाले आफ्नो छोराको शब भएको भनेर अष्ट्रेलिया स्थित सरकारी निकाय संग कुरा भईसकेको बताएका हुनाले उनको नाम समचारमा संलग्न गरिएको हो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार