त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना

Loading...

काठमाडौ ।

नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ।एनआरएनए आईसिसी अध्यक्ष भवन भट्ट (Bhaban Bhatta) को नेतृत्व टिमले नेपाल सरकारसंग सम्झौता गरी यो सुविधा सन्चालनमा आएको हो।

यो सेवाले प्रवासी गैरआवासीय नेपाली एनआरएनहरूको प्रवेश र प्रस्थान सेवामा सुविधा सरलीकरण मात्र हैन, एनआरएनहरूको लगानी, व्यापार र आवधिक ट्रेण्डबारे तथ्यांक र तदअनुरूप नीति र सुविधा तर्जुमा गर्न मद्दत पुग्नेछ।एनआरएनहरूको लगानीमा चुस्तता ल्याउन एकलद्वार (वन विन्डो) सुविधा कार्यान्वयन गर्न अब बाटो खुलेको छ।

गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा गएका अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो ।

सो अवसरमा एनआरएन यूकेले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै हालै एनआरएनए अध्यक्ष भवन भट्टले गृह मन्त्रिलाई एक पत्र लेखि अनुरोध गरेका थिए ।

सो अवसरमा एनआरएनए केन्द्रिय अध्यक्ष तथा आइसीसीका सबै पदाधिकारीहरुको पहल तथा सहयोग, एनआरएन यूके, अध्यागमन विभागका प्रमुख पौडेल लगाएत विभागका अन्य महानुभावहरुलाइ एनआरएन डेस्क स्थापना गर्न सघाउनु पुर्याउने सबैमा संघले धन्यवाद दिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार