एनआरएनए अल्गार्भको २०१९-२१ कार्यसमितिको प्रथम बैठक सम्पन्न , के के भए निर्णय ?

Loading...

गैह्र आवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषदको २०१९-२१ को निर्वाचित कार्यसमितिको प्रथम पूर्ण बैठक २४ मार्च २०१९ का दिन बसेको छ। संघको प्रथमले बैठकले
गरेका प्रस्ताव र त्यसउपर भएका महत्वपूर्ण निर्णयहरु समेत समक्ष सार्वजनिकगरेको छ।

बैठकमा गरिएका प्रस्ताव र निर्णयहरु यस्ता छन् !

प्रस्तावहरु:-
१) कार्यसमिति पूर्णता दिने सम्बन्धमा
२) सल्लाहकार चयन सम्बन्धमा
३) अल्गार्भ वासी नेपालीको तथ्याङ्क संकलन सम्वन्धमा।

निर्णयहरु:-
(प्रस्ताव नं. १ – कार्यसमिति पूर्णता दिने सम्बन्धमा):

निर्णय नं. १ : प्रस्ताव नं. १ उपर छलफल गर्दा यस कार्यसमितिलाई पूर्णता दिनको लागी तपसिल व्यक्तिहरुलाई देहाय वमोजिमको पद जिम्मेवारी सहित मनोनयन गर्ने सर्वसम्मत निर्णय गरियो।

१) श्री मोहन पाण्डे – प्रवक्ता (कार्यसमिति)
२) श्रीमती कोपिला गौतम कोईराला – महिला संयोजक
३) श्री अमृत थापा – कार्यसमिति सदस्य

(प्रस्ताव नं. २ – सल्लाहकार चयन सम्वन्धमा):

निर्णय नं. २: प्रस्ताव नं. २ उपर छलफल गर्दा यस कार्यसमितिलाई रचनात्मक सल्लाह, सुझाव दिनको लागी, साथै कार्यसमितिको सधैं मार्गनिर्देशकको रुपमा काम गर्न सहयोगी भुमिका निर्वाह गर्नको लागी तपसिलका व्यक्तिहरुलाई सल्लाहकार चयन गर्ने सर्वसम्मत निर्णय गरियो।

तपसिल:-
१) श्री विष्णु वहादुर वराल – (क्वार्तेरा)
२) श्री केशवराज सुवेदी – (मोन्तेगोर्दो)
३) श्री शिव कुमार निरौला – लुस दि तभिरा
४) श्री पूरन भण्डारी – अर्मासाउ दि पेरा
५) श्री कृष्ण गिरी – आल्बुफेरा।

(प्रस्ताव नं. ३) – अल्गार्भवासी नेपालीहरुको तथ्यांक संकलन सम्वन्धमा):

निर्णय नं. ३) प्रस्ताव नं. ३ उपर छलफल गर्दा हाल गैह्र आवासिय नेपालीको सदस्यता नलिएका नेपालीको संख्या अल्गार्भ क्षेत्रमा अत्याधिक रहेको हुनाले कुन क्षेत्रमा कति जना हुनुहुन्छ भन्ने यकिन तथ्याँक नभएको हुनाले विभिन्न क्षेत्रबाट प्रतिनिधी वनाई फारम समेत तयार गरी अल्गार्भवासी नेपालीको तथ्यांक संकलन गर्ने सर्वसम्मत निर्णय गरियो।

केशव प्रसाद न्यौपाने
महासचिव
गैह्र आवासिय नेपाली संघ,
क्षेत्रिय समन्वय परिषद, अल्गार्भ

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार