लाक्पा गेल्वु शेर्पा १५ औं पटक सगरमाथा आरोहण गर्दै

Loading...

– हरिशजङ्ग क्षेत्री,

काठमाडौं ।

१५औं पटक बिश्व सर्बोच्च शिखर सगरमाथामा आरोहण गर्न लागेका लाक्पा गेल्वु शेर्पालाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकक्षमा बिदाई कार्यक्रमको आयोजना गर्दै नेपाल सेल्फिडिफेन्स एसोसिएसन तथा नेपाल सेल्फडिसेन्स मार्सल आर्ट अर्गनाइजेसन र पाको नेपाल क्योकुसिन करातेको ब्यानर हस्तान्तरण गर्दै १४ औं पटकका सफल सगरमाथा आरोही लाक्पा गेल्वु शेर्पालाई बिदाई गरेका हुन् ।

नेपाल सेल्फिडिफेन्स एसोसिएसन तथा नेपाल सेल्फडिसेन्स मार्सल आर्ट अर्गनाइजेसनका केन्द्रीय सदस्य समेत रहेका शेर्पाले पहिलोपटक २००४ मे १९ तारिखमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–२ स्थित तुम्बुकमा २०३४ सालमा जन्मिएका शेर्पाले १४ पटक सगरमाथा सफलरूपमा आरोहण गरिसकेका छन् ।

चैत्र ११ गते सगरमाथा आरोहण गर्न सोलुखुम्बुतर्फ प्रस्थान गर्न लागेका शेर्पालाई काठमाडौं महानगरपालिका प्रमुख एवं मेयर विद्यासुन्दर शाक्यले फुलमाला, खादा ओढाएर सफलरूपमा सगरमाथा आरोहणका लागि शुभकामना दिदै बिदाई गरेका थिए ।

वर्षेनी देश–बिदेशबाट हजारौंको संख्यामा नेपालमा रहेको संसारकै सबैभन्दा अग्लो हिमशृङ्खलाको आरोहण गर्न आउने स्वदेशी तथा बिदेशीहरुलाई सगरमाथा आरोहण गर्न सही ट्र्याकको पत्ता लगाउन र बाटोको पहिचान गर्न आफू सगरमाथा आरोहण गर्न लागेको कीर्तिमानी आरोही शेर्पाले बताएका छन् ।

विदाई कार्यक्रममा आरोही शेर्पालाई पाको नेपाल क्योकुसिन करातेको माननार्थ ब्ल्याक बेल्ट वान डानको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । बिदाई कार्यक्रममा नेपाल सेल्फिडिफेन्स एसोसिएसन तथा नेपाल सेल्फडिसेन्स मार्सल आर्ट अर्गनाइजेसन एवं पाको नेपाल क्योकुशिन कराँतेकी नेपाल प्रमुख सञ्जु महर्जन, नेपाल सेल्फिडिफेन्स एसोसिएसनका अध्यक्ष डिबि राणापाल र एसोसिएसनकी प्राबिधिक प्रमुख राधिका हमाल ऐरले फुलमाला लगाउदै सफल आरोहणको लागि शुभकामना दिएको थिए ।

शेर्पाले नेपालका १६ हजार युवतीहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको संस्था नेपाल सेल्फिडिफेन्स एसोसिएसन तथा नेपाल सेल्फडिसेन्स मार्सल आर्ट अर्गनाइजेसनको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने छन् ।

यो भन्दा पहिले चीनतर्फबाट सगरमाथा आरोहण गरेका शेर्पाले यसपटक भने नेपालतर्फको मोहोडाबाट सगरमाथा आरोहण गर्ने भएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार