आन्दोलनमा उत्रदै भूपू गोर्खाहरु, बेलायती प्रधानमन्त्री कार्यालय अगाडी भूपू गोर्खाले विरोध प्रदर्शन गर्ने

Loading...

लन्डन।

बेलायती सरकारको प्याकेजमा असहमति जनाउँदै भूतपूर्व गोर्खाहरुले आन्दोलनको तयारी गरेका छन् ।

आन्दोलन घोषणा गर्दै संयुक्त गोर्खा सत्याग्रह संघर्ष समितिले सबै पक्षलाई साथ दिन अपिल गरेको छ । समितिका अभियन्ता ज्ञानराज राईले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन मे महिनाको १ तारिखमा लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

आफ्ना माग सुनुवाई नभए जुलाई १ तारिखदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि लगातार तीन दिनसम्म प्रदर्शन गर्ने कार्यक्रम सत्याग्रहले तय गरेको छ ।

बुधबार लण्डनको नर्थहोल्टमा आयोजित जानकारी सभालाई सम्बोधन गर्दै समितिका अभियन्ता ज्ञानराज राईले आन्दोलनको पहिलो चरणमा आउँदो अप्रिल महिनाभर बेलायती संसद भवन बाहिर बसेर सांसदहरुलाई भेट्ने, पर्चा वितरण गर्ने र गोर्खाहरुको पक्षमा आवाज उठाइदिन आग्रह गर्ने कार्यक्रम राखिएको बताए ।

मे १ तारिखमा बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि हुने प्रदर्शनमा ५ हजारलाई सहभागी गराउने राईले दाबी गरे ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार