‘दोहोरो नागरिकता माग्ने नेपालीले सत्तारूढ दलको नेतालाई अमेरिका भ्रमणमा यस्तो ‘स्वागत’ गर्न मिल्छ ?’

Loading...

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डको भ्रमणमा अमेरिकामा रहेका केही नेपालीले देखाएको व्यवहारको निन्दा गरेका छन्।

उनले भनेका छन्- ‘नेपालको दोहोरो नागरिकता चाहिन्छ भन्छन्। तर, दुईतिहाई बहुमत भएको सत्तारूढ दलको अध्यक्ष श्रीमतीको उपचार गर्न गएको बेला न्युनतम मानवीय समवेदना पनि देखाउँदैनन्। यस्तो तुच्छ व्यवहार गरेपछि कसरी एकपटकको नेपाली सधैंको नेपाली हुन्छ ?’

प्रवक्ता श्रेष्ठले नेपालमा हामीबीच राजनीतिक मतमतान्तर हुन सक्छन्। तर, विदेशमा गएर गैरआवासीय नेपाली भैसकेपछि पनि यस्तो व्यवहार गर्नेहरू नेपाली हुन नसक्ने पनि धारणा राखेका छन्।

यस्तो तुच्छ ब्यबहार गर्नेको राज्यले मनिटरिङ गरिरहेको हुनसक्नेतिर संकेत गर्दै उनले भने- ‘अमेरिकामा अध्यक्ष प्रचण्डलाई कुनै पनि झमेला हुदैन।’

अमेरिकी राजदूत बेरी नै अध्यक्ष प्रचण्डकोमा गएर भ्रमणका लागि मार्गप्रशस्त गरिदिने बताएर त्यसका लागि भिसालगायतका प्रक्रियाहरू पूरा गरिदिएको उल्लेख गर्दै उनले भनेका छन्- ‘अमेरिकामा रहेको कुनै एकजना व्यक्तिले तथ्य नै गलत भएको दाबी गरेर असम्बन्धित निकायमा दिइएको इमेल उजुरीको आधारमा कारबाही हुन्छ भन्ने सोच्न पनि सकिन्न।

अमेरिकामा रहेका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका बारेमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख खोलेका हुन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार