आफ्नै छोराले गरे ६२ वर्षीया बाबुको हत्या

Loading...

संखुवासभा । आफ्नै छोराले ६२ वर्षीया बाबुको हत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका हुन् । खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा संजय राईले ६२ वर्षीय बुबा भुवनसिंह राईको हत्या जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बुबाको हत्यामा संलग्न छोरा भने फरार रहेका छन् । मृतकको शव मुचुलका तयार पारेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने प्रहरीले जानकारी दिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार