‘व्यक्तिलाई नभएर गलत प्रवृत्तिलाई विरोध गर्नुपर्छ’

Loading...

हामीले बारम्बार भन्दै आएका छौ कि जनता जनता जस्ता नभएर कार्यकता जस्ता भए भने मुलुकले परिर्वतनको महशुस गर्न सक्दैन । अधिकांश जान्ने सुन्नेहरु आफ्नो आस्था, आफ्नो ज्ञान आफ्नो विश्वास भन्दा बाहिर दुनिया नै छैन छन्दछन् । व्यक्ति होइन, प्रवृत्ति गलत भए विरोध गरिन्छ नै गरिन्छ । विवेकले काम गरेन भने वेग्लै कुरा हो तर पार्टी हेरेर, नेता हेरेर, विरोध र समर्थन गर्न हामी सक्दैनाँै ।

बिषय वस्तु अनुसार अधिकांश आलोचना सरकारकै हुन्छ कारण खबरदारी खासमा सरकारलाई नै गर्नू पर्ने हुन्छ र सञ्चार माध्यम भनेको प्रतिपक्ष जस्तो पनि हो । हामी बेलाबेलामा विभिन्न नेता, मन्त्री, प्रधानमन्त्रीहरुका काम, कारवाही र अभिव्यक्तिमा टिप्पणी गर्दछौं । देशका सबै दल र पछिल्ला तिनै प्रधानमन्त्रीका बिषयमा आवश्यकता अनुसार नरम गरम खरो दरो तरिकाले सीधाकुरा राखेका छाँै ।

तर समस्या चाँही के भने, आफ्नो नेतालाई केही भन्यो भने रिसले ३ बित्ता उफ्रिने । अर्काको नेतालाई केही भने खुसीले फेरी ३ बित्ता उफ्रिने । अन्धभक्तहरुले नेपालका राजनीतिक दललाई कहिले पनि सफा हुन दिने छैनन् ।

फ्रन्ट शोमा बसेर ताली बजाउनु भन्दा माथि उठ्न नसक्ने कार्यकता भनेका लोभी हुन्, महालोभी । आफ्ना नेतालाई प्रश्न सोध्न नसक्ने, सुधार्न नसक्नेले भोलि देश सुधार्न सक्छ ? कुनै हालतमा सक्दैन । अनि त्यस्ता कार्यकताहरु मैले उनका नेताका कमी–कमजोरी बारे सीधाकुरा गर्दा बौलाउँछन् र सोध्छन् यो परिर्वतनमा तेरो के योगदान छ ?

प्रिय सरहरु ७ सालमा तपाईको के योगदान थियो, १७ सालमा, ३६ सालमा ४६÷४७ सालमा ? हरेक मानिसले आफ्नै युगमा, आफ्नै क्षेत्रबाट योगदान दिने हो । आज म त्यसै बन्दुक बोक्दै हिड्नु, प्लेन हाइज्याक गर्नु, देशका लागि योगदान दिने दिन क्यालेण्डरमा लेखेर पहिले नै राखिन्छ र ? आँफू जन्मेको युगको आवश्यकताको आधारमा, आ–आफ्नो क्षेत्रबाट सकेको योगदान दिने हो र योगदान नै नदिएका नागरीकको पनि हक हुन्छ अधिकार हुन्छ ।

यो कार्यक्रमले ३ वटा प्रधानमन्त्री झेल्यो, प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका श्रृङखलाहरु हाम्रो आर्काइभमा सुरक्षित छन् । त्यसबेलाका घटनाक्रमहरुलाई लिएर भएका टिप्पणीहरु अत्यन्तै तीखा छन् । त्यसबेलाका प्रतिपक्ष तत्कालीन एमालेले स्वाद लिएर, जिब्रो पड्काई पड्काई वाहा वाही गरेको थियो । अहिल सानो केही बोल्यो भने कार्यकर्ता ३ हात उफ्रिन्छन् । अरुलाई भन्दा वाह वाह, आफैलाई पर्दा छ्या छ्या ।

त्यस्तो हुनै सक्दैन सर म्यामहरु ! हामी भाडाका टट्टु होइनौ, हुँदैनौँ । नाकाबन्दीको विरोधमा चुइक्क नबोलेको कांग्रेस र २४ घण्टा रिसाइ मात्र रहेन देउवाका बिषयमा बोल्दा शेरबहादुर देउवालाई केही आपत्ती थिएन । तर वरपरका चाकडीबाजहरु देउवाका पनि माइबाप बनेर प्रतिकार गर्थे ।

एनसेल टावरको आक्रमणमा एक निर्दोषको ज्यान गयो विप्लब समर्थकहरुले खुल्ला पत्र लेखे । अझै पनि भन्छु् एनसेलेको कर उठाउन टावर उडाएर हुँदैन । कर तिराउन खोजेको विरोध गरेको होर अधिकांश नेतालाई चुनाव लड्न खर्च दिएको एनसेलले टावर पड्काउँदैमा कर तिर्छ ?
स्यमं विप्लवलाई यो कुरा राम्रोसँग थाहा छ र उनको विरोध आएन तर विप्लवको चाकरी बजाउन कार्यकतालाई चाँही हतार भयो । केपी ओलीको सपनाको विराधे गरेकै छैन । चुच्चे रेल भन्दा जरुरी सार्वजनिक यातायात हो । पानी जहाज आउला, चढौला, सुुरुङ मार्ग त के मंगल ग्रह मार्ग पनि हिडौला तर शिक्षा, स्वास्थ्य, रोजगारी पहिला खै ?

धुलो, धुवाँ, खाल्डो, विना घुस काम हुने वातावरण तयार पार्नुस् न भन्दा कार्यकता ३ भित्ता उफ्रिन्छन् । यतै विकास, उतै विकास, ल हेर बाटो बनेको, ल हेर पुल बनेको, जनता क्या खुसी, विश्व चकित र तीन छक भनेर त ज्यान गए पनि भनिदैन नि ।

चार महीना प्रत्यक्ष कार्यक्रम चलाएको केपी ओलीलाई म चिन्दिन र ? उहाँलाई केही समस्या नै छ्रैन, विचकालाई चाकडी बजाउनै हतार । जुत्ता टल्क्यो, भो नचाट्नुस जिब्रो खुइलेला । गत कार्यक्रममा प्रचण्डको बिषयमा सीधाकुरा गरियो उहाँका चाकडी बाझ त झनै अनौठा भनेको कुरा एउटा छ, बुझेको अर्कै, विप्लवले आँफूलाई मार्छु भनेपछि मात्रै तर्सनु भो, जनता मर्दा चाँही के नि ?
यति सोध्ने हिम्मत भएका कार्यकता उहाँको पार्टीमा नभएपछि हामीले सोध्नु परेन ? गरीब जनता औषधि अभावमा मरिरहेका छन् । उहाँको, उहाँकी श्रीमतीको उपचार अमेरिकामा हुँदै छ यति सोध्न पनि नदिने कम्युनिष्ट हुन्छ ? मधेशी दलित जनता जतिको प्रतिनिधित्व भएको छ भन्नुहुन्छ, छोरी मेयर, बुहारी मन्त्री आँफू भैसकेको र सायद अब हुनेवाला प्रधानमन्त्री यति सोध्ने मुटु नभएका पनि सुभचिन्तक हुन्छन् ?

२०१३ मा विश्व कीर्तिमान राख्दा उक्त कार्यक्रमको उद्घाटन नै प्रचण्डबाट गराएका हामीले प्रचण्डलाई चिन्दैनाँै र यस्ता प्रश्न, जिज्ञासा, टिप्पणी र आलोचनाले प्रचण्डलाई समस्या नै छैन । पार्टी भित्रैकाले देउवा, ओली, प्रचण्डलाई इ र यस्ता प्रश्न सोध्ने आँट नराख्ने अनि आम नागरिकका तर्फबाट हामीलसीधाकुरा राख्दा उफ्रिने कार्यकर्ता एवंम भक्त मित्रहरु, माया गरेर र दया गरेर तपाइहरुलाई तपाई हैन तिमीहरु भन्दै एउटा कुरा भन्छु माइन्ड नगर है तिमीहरु यस्तै भैरह्यौ भने तिमीहरुका नेता यस्तै भैरहन्छन् ।

तिम्रा नेता यस्ता भैरहुन्जेल यो देश पनि यस्तै भैरहन्छ । त्यसैले मेरो विचारमा तिमीहरु यो देशका मेन समस्या है ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार