एमबीबीएस अध्ययनरत विद्यार्थी शिशीर फेवातालमा मृत फेला

पोखरा — गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत शिशीर केसी फेवातालमा मृत भेटिएका छन् ।

म्याग्दी घर भइ पोखराको रत्नचोकमा बस्ने २४ वर्षका केसीको शव शनिबार बिहान साढे १० बजे पोखरा–१८ सेदीबगरबाट ६० मिटर पर तालमा भेटिएको प्रहरीले जनाएको छ ।सोही ठाउँमा रहेको होटल वाटरफ्रन्टसँगैको चौरमा केसीले हेलमेट र कपडा छाडेका थिए । कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले घटनाको अनुसन्धान भइरहेको बताए । केसी एमबीबीएस पाँचौ ब्याचमा अध्ययनरत थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार