घुससहित कैलालीका सहायक वन अधिकृत र लेखापढी पक्राउ

Loading...

काठमाडौं |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलै कैलालीका सहायक वन अधिकृत र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ। सब डिभिजन वन कार्यालय,तारागाउँ कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखपाढी व्यावसायी पुष्प जोशीलाई अख्तियारको टोलीले ३० हजार घुससहित पक्राउ गरेको हो।

शाह र जोशीले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा प्रकाउ गरिएको उप-सचिव एवं सहायक प्रवक्ता मदन कोइराला जानकारी दिएका छन्।

घुस लिइसकेको अवस्थामा सब डिभिजन वन कार्यालय परिसरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको अख्तियार जनाएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार