दुई जेठाजुको कर्तुत : २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार

Loading...

धादिङ।

बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन ।

जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।

आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो ।

पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।

आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ ।

अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार