देशले अन्याय गरेको छ भने बोलि हाल्नु पर्छ, देशै मेरो होइन भन्ने लाइ चाहि गोली हान्नु पर्छ : कलाकार दीपकराज गिरी

Loading...

काठमाडौं–

सामाजिक सञ्जालबाट तिखो ब्याङ्ग्य गर्न माहिर छन् कलाकार दीपकराज गिरी । सामाजिक संजालमा निकै सक्रिय रहने उनले बेला–बेलामा सामाजिक सञ्जालमा पोष्ट गरेका शब्दले समेत हलचल मच्चाउने गरेको छ ।

उनी सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म आउँदा त्यसको सम्वादका केही अंग राखेर प्रचार गर्नेदेखि राजनीतिक बिषयमा समेत ब्यङ्ग्य गर्ने गर्दछन् ।

यस्तैमा पछिल्लो केही दिन यता सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला गिरी त्यो घटनाको बिषयमा पनि एक कडा स्टाटस् लेखेका छन् । उनले घटनातिर लक्षित गर्दै देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने धारणा लेखका छन् ।

‘देशले अन्याय गरेको छ भने बोली हाल्नुपर्छ’ उनले अगाडि लेखेका छन् ‘देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ ।’

गिरी पछिल्लो समय पत्रकारबाट निर्देशक बनेका दीपेन्द्र लामालाई लिएर नयाँ फिल्म गर्दैछन् । उनको यो फिल्ममा रोहित अधिकारीले निर्माणमा सहकार्य गर्दै छन् । फिल्मको अहिले स्क्रिप्ट लेखन कार्य भइरहेको बताइएको छ । उनको निर्माण अभिनय रहेको फिल्म ‘छक्का पन्जा ३’ केही पहिले प्रदर्शनमा आएको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार