पोर्तुगलमा शेर्पाहरुले २१४६ औं ग्याल्बो ल्होछार मनाए, साँस्कृतिक कार्यक्रममा सबै छमछमी नाचे ( फोटो फिचर )

Loading...

लिस्बन, पोर्तुगल।

पोर्तुगलमा रहेका शेर्पाहरुले आइतबार राजधानी लिस्बनमा २१४६ औं ग्याल्बो ल्होछार एक बिशेष सांस्कृतिक कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । ल्होछार साँस्कृतिक साँझमा शेर्पा कलाकारहरुले आफ्ना प्रस्तुतिका साथ भरपुर मनोरन्जन दिएका थिए ।

कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधि रमेशकुमार गुरुङ, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यद्वय नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका उपाध्यक्ष हेम गुरुङ, शेर्पा संघ युरोपका महासचिव साङ्ठु शेर्पा, नारी समाजकी महासचिव मिना खरेल, तामाङ समाजकी अध्यक्ष सुनिता ब्लोन तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साँस्कृतिक सत्रमा आङगेलु शेर्पा, सोनाम लामा ‘कोशिश’, छिरिङ शेर्पालगायत कलाकारहरुले आफ्ना गीत पस्केका थिए ।

कार्यक्रममा गोलाप्रथाबाट टिकट लिएका सहभागीहरुलाई उपहारले पुरस्कृत गरिनुका साथै कलाकारहरुलाई पनि खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो । औपचारिक सत्रको अध्यक्षता सोसाइटीका अध्यक्ष ओङ्गेल लामाले गरेका थिए । स्वागत मन्तव्य छिरिङ शेर्पाले र सञ्चालन मिङ्मा शेर्पाले गरेका थिए ।

शेर्पा भेषभूषामा सजिएका सयौ शेर्पा समुदायका साथै नेपालीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा सबै सांगीतिक कार्यक्रममा छमछमी नाचेका थिए।

फोटो: अर्जुन जयसवाल ( फोटोदृष्टि )

For More Photos, Please CLICK HERE,

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार