नेपाल महोत्सव अल्गार्भमा जान निशुल्क सटल बस सेवा, यी ५ स्थानबाट चल्नेछन् निशुल्क बस ( समय तालिका सहित )

Loading...

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्तुगलको आयोजनामा २४ फेब्रुवरीमा आल्बुफेरामा सम्पन्न हुन गईरहेको प्रथम नेपाल महोत्सवमा निशुक्ल सटल बसको व्यवस्था गरिएको छ।

महोत्सवमा आवत आवतजावत गर्न सजिलो होस् र बढी भन्दा बढी नेपालीहरुको सहभागी होस् भनेर निशुल्क सटल बसको व्यवस्था गरिएको संघका महासचिव निराजन सेढाईले जनाकारी दिएका छन्।

निशुल्क सटल बस अल्गार्भ क्षेत्रको विभिन्न ५ रुटमा चल्नेछ। मोन्ते गोर्दो, ताभिरा, फारो, क्वार्तेरा भिलामोरा र अलेन्तेजो क्षेत्रको रुटमा चल्ने सटल बस सेवा निन्म समय तालिकामा चल्ने भएकोले महोत्सवमा सहभागी हुन चाहनेहरुले समयमै उचित स्थानमा उपस्थित हुन संघले अनुरोध गरेको छ।

स्मरण रहोस् , गैर आवासिय नेपाली संघ पोर्तुगल राष्ट्रिय समन्वय समिति पोर्तुगलले गत बर्ष लिस्बनमा सम्पन्न गरेको प्रथम नेपाल महोत्सवमा सक्रिय सहभागिता र सहयोगका लागि अल्गार्भ क्षेत्रले एउटा निशुल्क सटल बसको व्यवस्था गरेको थियो, तर अल्गार्भ क्षेत्रमा हुने महोत्सवमा एन आर एन केन्द्र भने उदासिन देखिएको छ।

नेपाल महोत्सवमा निशुल्क सटल बसको सुबिधा तालिका यस्तो छ :

Monte Gordo
Keshev neupane 920173567
Departure Time: sharp 10:00 am

Tavira
Shiva Niraula 920267738
Departure Time: sharp 10:00 am

Faro
Shiva Niraula 920267738
Departure Time: sharp 10:30 am (Infront of Zumbo)

Quarteira/vilamoura
Pitamber Timilsina 920584870
Departure Time: sharp 10:30 am (Infront of quarteira football ground)

Alentejo
Tilak Gaire 920030964
Departure Time :sharp 10:05 Malavado Alentejo
Departure Time :sharp 10:15 sao Teotonio
Departure Time :sharp 10:25 Zambujeira do mar

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार