क्याप्टेन हेर्दा दर्शकले स्टेडियममा बसेर विश्वकप हेरे भन्दा बढि आनन्द लिनेछन : अनमाेल केसी

Loading...

काठमाडौ ।

अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएको फिल्म ‘क्याप्टेन’ प्रदर्शनको क्रममा रहेको छ ।फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रमोशनमा ब्यस्त अनमोल यतिखेर चितवनमा छन् ।चितवनमा फिल्मबारे पत्रकारहरुलाई जानकारी दिने क्रममा अनमोलले फिल्म क्याप्टेन हेर्दा विश्वकप हेरेको भन्दा बढि रमाइलो हुने बताएका छन् ।

उनले नेपाली फुटबल खेलाडीहरुको कथा समेटिएको फिल्म क्याप्टेनमा फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने उतारचढावलाई देखाइएको बताउँदै यसले नेपाली खेलाडीहरुलाई आफ्नै कथा बोकेको भान हुने प्रष्ट्याए ।उनले यसअघि खेलमा आधारित फिल्महरुले कथालाई मूलधारमा लैजान नसकेको कारण असफल रहेको तर फिल्म क्याप्टेनले भने फुटबल खेलाडीको कथालाई भावनात्मक रुपमा बगाउन सफल रहेको कारण यसले सफलता प्राप्त गर्नेमा आफु आशाबादी रहेको समेत दाबी गरे ।

यसअघि फिल्मको रिलिज ट्रेलरमा अनमोललाई आकर्षक र जुझारु खेलाडीको रुपमा देखाइएको छ जसले दर्शकमा फिल्मबारे कौतुहल थपेको छ भने ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ बोलको गीतले फिल्म प्रतिक्षित बनेको छ ।

फिल्ममा अनमोलको साथमा नवनायिका उपासना सिंह ठकुरी, प्रियंका एमभीलाई देखाइएको छ ।साथमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार