मलेसियाविरुद्ध नेपाल ब्याटिङ् गर्दै

Loading...

काठमाडौं ।

आईसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले विजय सुरुआतको लक्ष्यसहित खेलिरहेको छ । बैंककस्थित टेडथाइ क्रिकेट मैदानमा नेपालले ४ ओभरको समाप्तिमा २१ रन जोडेको छ । उपकप्तान सिता रानामगर र काजल श्रेष्ठ क्रिजमा छन् ।

सिता र कागलसँगै नेपालको प्लेइङ –११ मा कप्तान रुविना क्षेत्री, करुणा भण्डारी,नेरी थापा, इन्दु बर्मा, सिता मगर, सोनु खड्का, कबिता कुवर, ममता चौधरी र रोमा थापा छन् । ६ टोली सहभागी छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग खेल्नेछ । त्यसपछि फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार