एनआरएनए अमेरिका सदस्यता बिबाद : “निहु” होइन “उपाय” खोजौं!

Loading...

– शैलेश श्रेष्ठ

सस्था, संघ-संगठन संचालन गर्न हामीले कहिल्यै जानेनौं अनि सिक्नै चाहेनौं । आफु खुसी निर्णय गरेर बाँकी सदस्य र आम मानिसलाई बोघार्थ दिने नेपालको “लोकतान्त्रिक अधिनायकबादी चरित्र” हाम्रा हरेक प्रवासी संगठनहरुमा हावी भईरहे ।

एनआरएन अमेरिका जस्तो संगठन पनि त्यो र त्यस्तो शैलीकै शिकार भईनै रह्यो । नेता बन्ने नेतृत्व हत्याउने होडबाजी धेरै चले तर संस्थालाई बिधिसम्मत बनाउने चाहना कसैले राखेनन ।

हरेक संगठनको मेरुदण्ड मानिने सर्वाधिक शक्तिशाली भेला बार्षिक साधारण सभामा हामीले कहिले “सुपरस्टार” लाई ल्याएर नचायौं त कहिले सांस्कृतिक कार्यक्रम गर्दै “बार संस्कृति” मै रमायौं । बार्षिक साधारण सभामा कोरम (गणपुरक संख्या) नपुग्ने तर कार्यक्रम स्थानको बार र होटल बाहिर भींड हुने यथार्थ हामीले देखेकै हौँ ।

बिधि-बिधान, आचार संहिता अनि महासचिबले सार्वजनिक गरेका “माईन्युट” पढ्नु भनेको त हाम्रो लागि सकस अथवा यातना जस्तै भईरह्यो तर निहु खोज्न चाँही हामी सबभन्दा अगाडीको पंक्तिमा सँधै उभियौं । मेरील्याण्ड साधारण सभाले दिएको म्यान्डेट कुल्चिएर संस्थापनले बिना “आईडी” तथाकथित “हार्डड्राईभ” को छुमन्तर सिर्जना गर्यो, भित्र-बाहिर सबै चुपचाप अनि चकमन्न भए जब त्यो तथाकथित सजिलो गरि बनाईएको यान्त्रिक अथवा कृतिम सदस्यहरु ह्वात्त खन्याएर संस्थापनले चुनाब जिते तब मात्र सुरु भयो भित्रबाट “हार्डड्राईभ” को आरन्यरोदन अनि कोलाहर छरपष्ट पोखियो यत्रतत्र अनि सर्वत्र!

टेक्सासको बार्षिक साधारण सभाले दिएको म्यान्डेटलाई हुबहु लागु गर्न यसपाली वर्तमान सस्थापन बाध्य भए त्यसपछि अहिले त्यसरी नक्कली सदस्य बनाउने नपाएकाहरु मात्र होइन यो सामाजका टाठाबाठा प्रबुद्धवर्ग पनि जे गर्दा पनि गाली र बिरोध गर्ने भींडमा मिसिएर रमाउन थालेका छन । म नेपाल गएको बेला परेको त्यो साधारण सभामा म उपस्थित थिईन तथापी म बार्षिक साधारण सभाले दिएको म्यान्डेटको उच्चतम सम्मान गर्दछु भलै मानिसको निजि गोपनियताको सम्मान गर्दै स्टेटले जारी गरेको “आईडी” नै बुझाउनु पर्ने नियमको म निजीरुपमा विपक्षमा छु तर त्यसो भनेर बार्षिक साधारण सभाको म्यान्डेटलाई कुल्चने अथवा अस्विकार गर्ने आधिकारिकता कसैसंग छैन त्यसैले अबको बार्षिक साधारण सभामा हाम्रो आम सहभागिता सहित यसलाई समयसापेक्ष सरलीकृत गर्नु पर्दछ भन्ने मेरो धारणा छ ।

कृपया “निहु” होइन मिलेर “उपाय” खोजौं! त्यसो गर्न सम्भब छ!!

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार