बेलायती सेनाको लेफ्टिनेन्ट कर्नेल बने नेपालीको छोरो आले

बेलायत।

स्याङ्जाका देबेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्नेलमा बढुवा भएका छन्।

यस अघि सोही पदमा ४ जना नेपाली पुगिसकेका थिए। यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेलसम्म भएका थिए । आले करिब ३० वर्षेदेखि बेलायती सेनामा कार्यरत छन् । उनका ४ पुस्ता बेलायती सेनामा नै कार्यरत भएका थिए।

सिंगापुरमा जन्मिएका आलेले काठमाडौंको बुढानिलकण्ठ स्कुल पढे। उनले अमृत साइन्स कलेज काठमाडौँमा आइएसी गरे ।

त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा क्लर्क पदबाट भर्ना भएका थिए ।

आले सेनाको माथिल्लो तहमा पुगेपछि वेलायतमा रहेका नेपालीहरु खुसी भएका छन्। – सेतोपाटी

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार