एयरपोर्टका हाकिमलाई दिल निशानीको झटारो: ‘आईफोन चलाउन र रेड लेबल पिउन मन लागेको भए अरब तिर जाउ’

काठमाडौ ।

अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थल एयरपोर्टबाट स्वदेश फर्किदै गरेका नागरिकहरुको सामानहरुलाई कर्मचारीहरुले निगरानी कडाइ गरेपछी चारैतिर बिरोध भैरहेको छ ।

सेटिङमा टनका टन सुन छिराउने एयरपोर्टमा सर्बसाधारणको सामानप्रति गिद्दे नजर लगाएको भन्दै सरकारप्रति सर्बसाधारण देखि कलाकार तथा बौद्धिक ब्यक्तिहरु निकै आक्रमण भैरहेका छन ।

यस्तै एरपोर्ट कडाइ बारे लेखक दिल निशानी मगरले निकै कडा टिप्पणी दिएका छन् । बिदेश रोजगारीमा रहेका युवाहरुको पक्ष लिंदै एरपोर्टका हाकिमहरुको व्यवहार प्रति निकै आक्रोसित भएका छन ।

बिदेशमा पसिना बगाएर आइफोन खरिद गरि घरफर्कदै गरेका कामदारहरुको आइफोन र रेडलेवल माथि एयरपोर्टका हाकिमहरुले आँखा लगाएको भन्दै आक्रोश पोखेका हुन ।

हाकिमहरुलाई आइफोन चलाउन र रेडलेवल पिउन मन लागेको भए अरबतिर जान निशानिले सुझाब दिएका छन।

आफ्नो फेसबुक मार्फत भनेका छन, ‘तिमीहरुलाई पनि आईफोन चलाउन मन लागेको छ भने, रेड लेबल पिउन रहर छ भने अरब तिर जाउ, तर प्लिज विमानस्थलमा हाम्रा श्रमजीवीहरुको भद्दा अपमान गर्ने काम नगर।’

बेलाबखत एयरपोर्टका कर्मचारीहरुको कर्तुतको पर्दाफास गर्ने निसानीले तीखो आलोचना गर्दै परदेशिले आफ्नो बा, आमा छोराछोरी साथीभाईहरुलाई दुईचार थान कोशेली ल्याउदा कर्मचारीले दुख दिएकोमा आपत्ती प्रकट गरेका छन ।

उनको यो टिप्पणीलाई बिदेशमा रहेका नेपालीहरुले निकै सकारात्मक रुपमा लिदै धन्यवाद सम्म दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार