म्याग्दीमा जिप दुर्घटना, १३ घाइते

सन्तोष गौतम

बेनी :

म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएको गुरुङको भनाइ छ । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । जिप सडकबाट एक सय मिटर तल खसेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार