सरस्वती पूजाको कार्यक्रममा सांसदको गोली हानी हत्या

Loading...

एजेंसी ।

भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ ।

सरस्वती पूजाका दिन आयोजित कार्यक्रममा सहभागी भएका तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको गोली हानी हत्या भएको हो ।

कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उक्त प्रहार गरेका बन्दुक भने प्रहरीले बरामद गरेको छ ।

तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।

सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार