ओली र प्रचण्डका गृहजिल्ला मात्रै बिकास प्राथमिकतामा : ओलीको गृहजिल्लामा दर्जनौँ, दाहालको गृहजिल्लामा ३६ योजना

काठमाडौं ।

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् ।

करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौँ ठुला योजना पारिएको छ ।

दाहाल चितवनबाट विजयी भएपछि उनी जिल्ला आउने क्रम मात्र बढेको छैन । विकास योजना पनि ओइरिएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार