बलात्कारपछि हत्या गर्नेलाई गोलि हानियो, गर्भवतिलाई चाँडै फाँसिमा झुण्ड्याइने

Loading...

साना , यमन ।

यमनमा १२ बर्षका एक किशोरमाथि बलात्कार गरि हत्या गरेको आरोपमा २ युवकलाई सार्वजनिक स्थलमै गोली हानि हत्या गरिएको छ। २८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या गरिएको हो।

मोहम्मद साद नामका बालकमाथि ति युवकले गत मे मा बलात्कार पछि हत्या गरेका थिए। बिहिबार अदन सहरमा आर्मीले उनीहरुलाई गोली हान्दा हजारौं मानिसहरु समेत उपस्थित थिए। आर्मिले गोलि हान्नु अघि उनीहरुलाई पानि पिउँन दिइएको थियो।

पेडोफिलिया(बालबालिका प्रती हुने यौन आकर्षण) रहेका ति दुई युवकले बालक आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए।

ति दुई युवकहरुलाई हत्या पछि बालकको शव लुकाउन सहयोग गरेको आरोपमा एक ३३ बर्षीया महिलालाई पनि मृत्युदण्डको सजया सुनाइएको डेलिमेलले जनाएको छ।

उनी गर्भवती भएकाले उनलाई फाँसी दिने समय पर सरेको अधिकारीहरुले बताएका छन्। स्लामिक सारिया कानुन लागू हुने यमनका कतिपय ठाँउमा हत्या , बलात्कार , आतंकवाद जस्ता मुद्धामा मृत्युदण्ड दिइने गरिएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार