कुवेतमा नेपालीले बनाएको जुवा खेल्ने टहरो यसरी डोजर लगाएर भत्काईयो, १४ नेपाली पक्राउ, सबैलाई डिपोर्ट गर्ने कुवेत सरकारको तयारी

कुवेत |

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएर अवैधानिक वसोवास गर्दै गैरकानुनी कार्य गर्ने १४ जना नेपाली कामदार हिँजो दिउँसो कुवेतको माहबुला ब्लक-२ स्थित भलिबल मैदान वरपर खडखडे, लंगुरबुर्जा खेल्ने खेलाउने गर्दै गर्दा कुवेत प्रहरीले रंगेहात पक्राउ गरेको छ भने त्यस किसिमको कृयाकलापमा संलग्न सबैलाइ कुवेत सरकारले डिपोर्ट गर्न लागेको बुझिएको छ ।

माहबुलामा विगत लामो समय देखि खडखडे, लंगुरबुर्जा, काैडा हान्ने लगायतका जुवा खेल्ने खेलाउने र मदिरा समेत विभिन्न चिसो पेय पदार्थमा मिसाएर बेच्ने गरेको हल्ला चलिरहेको थियो भने स्थानिय प्रशासनले पटक पटक सचेत गराउँदा पनि त्यस किसिमका गैरकानुनी काम नरोकिए पछि जुवा खेलाउँदै गर्दा कुवेत प्रहरीले हिँजो जुवा खेल्ने खेलाउने १४ जनालाइ पक्राउ गरि उनीहरूले अस्थायी रूपमा जुवा खेलाउन प्रयोग गर्दै आएको ठाउँमा डोजर समेत लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार