जसलाई ” साया ” ले हिट बनायो !

Loading...

फिल्म ‘समर लभ’की नायिका हुन्– रेवती क्षेत्री ।

चर्चित उपन्यास ‘समर लभ’माथि बनेको यो फिल्ममा उनले ‘साया’को भूमिका निर्वाह गरेकी छन् । सोही कारण पनि पछिल्लो समय उनी मिडियाको हिट लिस्ट पर्ने गरेकी छन् ।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा उनले काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ । कुकिङमा सौकको विषय भएको बताउने क्षेत्रीको अर्काे रुचिको विषय घुमघाम बताउँछिन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार