युरोपमा बस्दै आईरहेका गायक तुल्सी सिवाकोटीले “छोरी” सार्वजनिक गरे !

स्पेन।

युरोपमा बस्दै आईरहेका गायक तुल्सी सिवाकोटीले “छोरी” बोल रहेको गीत ल्याएर दर्शकसामु आएका छन् ।

निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को शब्द रहेको छ । उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन् भने आफैले अभिनय समेत गरेका छन् ।

गीतमा आफ्नी छोरीप्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ । यस गीतमा सुदिप रिमालको छायाँकन रहेको छ भने साइग्रेसको निर्दशन रहेको छ ।

सिवाकोटीको छोरी गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सक्नुहुन्छ :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार