जनवरी २१ बाट हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान भेटियो

– एजेन्सी

कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ ।

गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन२६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो ।

खोजकर्ताहरुले सोमबार उक्त भग्नावशेषको जाँचका लागि पानीमूनि जानसक्ने यन्त्र पठाउने तयारी गरेका छन् ।

निजी लगानीमा विमानको खोजीमा लागेका डेभिड मर्नसले गुएर्नसे नजिकै आइतबार विमानको भगनावशेष फेला पारेका थिए ।

उनी भन्छन्, ‘पानीमूनि ठूलो भगनावशेष फेला परेको छ । अहिले म यतिमात्र भन्न सक्छु ।’

रेडियो फोरको एक कार्यक्रममा बोल्दै उनले विमानको भगनावशेष पानीको सतहभन्दा ६३ मिटर तल रहेको बताएका छन् ।

उनका अनुसार शुरुमा सोनारबाट भगनावशेष फेला पारेको र पछि पानीमूनि जानसक्ने यन्त्र पठाएर उक्त भगनावशेष विमानकै भएको पुष्टि गरिएको थियो ।

‘विमानको रजिस्ट्रेसन नम्बरबाट सोही बेपत्ता विमान भएको पत्ता लाग्यो । सबैभन्दा आश्चर्यजनक कुरा भनेको विमानको सबैजसो भगनावशेष त्यहाँ रहेको छ ।

अब एयर एक्सिडेन्टस् इन्भेस्टिगेसन ब्रान्चले भगनावशेषलाई निकाल्नेछ ।

यसबारे साला र डेभिडको परिवारलाई पनि जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार